टोकियो, २९ साउन । जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार विश्वयुद्धका कारण भएका नृसंस घटनालाई लिएर आफू र आफ्नो देशले अब माफी मागिरहनु नपर्ने बताएका छन् । दोस्रो विश्वयुद्ध अन्त्यको ७० औँ वर्ष पुगेको अवसरमा आयोजना गरिएको कार्यक्रमको समापनपछि विज्ञप्ति जारी गर्दै जापान सरकारका तर्फबाट यसभन्दा पहिले व्यक्त गरिएका पश्चाताप र क्षमायाचना नै विश्वयुद्धले निम्त्याएका घटनाबारे जापानद्वारा आफ्ना जनता र विश्व समुदायप्रति व्यक्त गर्नुपर्ने याचना भएको भन्दै अब नयाँ पिँढीले यसका बारेमा क्षमायाचना गरिरहनु नपर्ने बताएका छन् ।
जापानी प्रधानमन्त्रीले विश्वयुद्धमा जापानका कारण आफ्ना नागरिक तथा विश्व समुदायमा परेको क्षतिप्रति दुःख व्यक्त गर्र्दै भने, ‘यो जापानका कारण नभई साम्राज्यवादी शासकका कारण भएको हो ।’
प्रतिक्रिया