जाजरकोटमा पहिरो : घर पु¥यो, विद्यालय बगायो

जाजरकोट, २९ साउन । जाजरकोटको कार्कीगाउँ गाविस–१ मा पहिरोले घर पुरेको छ । शुक्रबार बिहान ४ बजे अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय धनबहादुर टमटाको घर पुर्दा लाखौँको क्षति भएको छ ।
पहिरोले अन्न, लत्ताकपडा, भाँडाकँुडा, सबै पुरेको छ । घरदेखि तल रहेको मकै लगाएको जग्गासमेत पुरेको स्थानीयले बताएका छन् । टमाटापरिवारले भने भागेर ज्यान जोगाएका छन् ।
त्यसैगरी, जिल्लाको पूर्वी क्षेत्रमा पर्ने डाडाँगाउँ गाविस–३ चिउरीमा पहिरो जाँदा नेरा प्राथमिक विद्यालयको भवन बगाएको छ । पाँचकोठे विद्यालयको भवन बगाउँदा विद्यालयमा भएका सबै सामग्री नष्ट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मेन्द्र महरले जानकारी दिए । विद्यालयसँगै रहेका ४० घर पनि जोखिममा परेको छ । (सौस)

प्रतिक्रिया