लिम्बुवान्को बन्दले पूर्वाञ्चल प्रभावित

limbuwanपाँचथर, २८ साउन । संघीय लिम्बुवान् पार्टी नेपालले बिहीबार एकदिने आम हडतालको आह्वान गरेको छ । बन्दले पूर्वका नौ जिल्ला बन्द रहेका छन् । बन्दले शैक्षिसंस्था, कलकारखाना, पसल र लामो र छोटो दूरीका सवारी साधन नचल्दा नागरीक मर्कामा परेका छन् ।
लिम्बुवान्ले विज्ञप्ति जारी गरी नेपाल सरकार र लिम्बुवान्को ०६४ फागुन १८ र चैत ६ गते भएका सम्झौतालाई उल्लघंन गरेको जनाएको छ । अन्तरिम संविधान ०६३ को मर्मविपरीत चार दलको कथित १६ बुँदे सहमतिले ल्याएको पहिचानविनाको बेनामे प्रदेशविरुद्ध साउन २८ र ३१ गते संघीय लिम्बुवान् पार्टी नेपाल केन्द्रीय समितिद्वारा नौ जिल्लामा आम हडतालको आह्वान गरेको एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । बन्दको अवज्ञा गरे क्षतिप्रति सम्बन्धित निकाय स्वयं जिम्मेवार हुनुपर्ने समेत चेतावनी दिएको छ । पूर्वका नौ जिल्ला पाँचथर , ताप्लेजुङ , इलाम, झापा, सुनसरी, मोरङ, धनकुटा, संखुवासभा, तेह्रथुमलाई लिम्बुवान्को माग गर्दै आएका थिए । ४ दलले ६ प्रदेशको सीमांकन गरेकाले लिम्बुवान्लाई नसमेटेको भन्दै हडतालको आह्वान गरेका हुन् ।

प्रतिक्रिया