‘मोडल हन्ट नेपाल’ सम्पन्न

model_hunt copyकाठमाडौं, २८ साउन । जोरपाटीका २२ वर्षीय समिर कुँवर राणा र दमौली तनहुँकी २२ वर्षीया अनिता नेपाली उत्कृष्ट मोडल घोषित भएका छन् । राजधानीमा बुधबार अबेर साँझ सम्पन्न ‘मोडल हन्ट नेपाल’को अन्तिम स्पर्धामा ६ फिट एक इन्च उचाइका समीर पुरुषतर्फ र ५ फिट ६ इन्च उचाइकी अनिता महिलातर्फ उत्कृष्ट मोडल छानिएका हुन् ।
बेस्ट क्याटवाकको उपाधिसमेत जितेका समीरले ३७ युवा प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेका थिए भने अनिताले ३२ प्रतियोगीलाई पछि पार्दै उपाधि जित्न सफल भइन् । अनिताले मोस्ट फोटोजेनिक उपाधिसमेत हात पारेकी थिइन् । दुवै शीर्ष उपाधिका विजेताले आकर्षक नगद, निर्देशक राजु गिरीको एक चलचित्रमा अभिनय गर्ने अवसरका साथमा विभिन्न उपहारहरू प्राप्त गरेका छन् ।
मोडलिङलाई व्यावसायिक एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नयाँ आयाम थप्ने उद्देश्यले नेक्स्ट मोडलस् नेपालले यो वर्षबाट सुरु गरेको ‘मोडल हन्ट नेपाल’ प्रतियोगितामा पुरुषतर्पm मनिष राउत र नविन न्यौपाने क्रमशः फस्ट रनर अप र सेकेन्ड रनर अप चुनिए । महिलातर्पm प्रिय राई र शिवानी मल्ल क्रमशः फस्ट रनर अप र सेकेन्ड रनर अप बनिन् । यिनीहरूले उपाधिका साथै चलचित्र, म्युजिक भिडियो तथा विज्ञापनहरूमा अभिनयको अवसर पाउने छन् । उनीले विभिन्न उपहारसमेत प्राप्त गरे ।
रनवे, व्यक्तित्व विकास, आरजे÷भिजे अन्तर्राष्ट्रिय फोटोग्राफी एवं फोटो सुट, सञ्चारकला, स्टेज पर्फमेन्सलगायत विभिन्न विषयमा दक्ष प्रशिक्षकको प्रशिक्षणसहित प्रतियोगीलाई अन्तिम स्पर्धामा उतारिएको प्रतियोगितामा पुरुषतर्पm बेस्ट पर्सनालिटी मनिष राउत, बेस्ट फिजिक्स् रोहिम धौउभढेल, मोस्ट डिसिप्लेन मानध्वोज गुरुङ, बेस्ट नेसनल एन्ड इन्टरनेसनल ड्रेस कम्बो निराजन श्रेष्ठ, मोस्टपपुलर आशिष रौनियार, पब्लिक च्वाइस कृष्ण थापा, मोस्ट फोटा जेनिक निश्चल घले घोषित भए ।
महिलातर्पm बेस्ट पर्सनालिटी कुसुम विष्ट, बेस्ट क्याटवाक निनाम हाङ्मा राई, बेस्ट फिगर दीक्षा चौधरी, मोस्ट डिसिप्लेन रूपा सुवेदी, बेस्ट नेसनल एन्ड इन्टरनेसनल ड्रेस कम्बो एन्जल लामा, मोस्ट पपुलर युनिसा केसीले प्राप्त गरे ।
पूर्वमिस नेपाल उषा खड्गी, फेसन फोटोग्राफर राजभाई सुवाल, फेसन डिजाइनर विश्व गौतम, निर्देशक जिपी तिमल्सेना, अभिनेता, मोडल तथा पूर्वमिस्टर नेपाल आयुषमान घिमिरे, पूर्व म्यान हन्ट तथा अभिनेता मोडल निर्जन थापा निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी रोजित शाक्यले गरेका थिए । चर्चित गायक सुगम पोखरेल, बादल प्रसाई, डिआइडीका कृष्ण थापा, लेजेन्ट ग्रुपलगायतको आकर्षक सांगीतिक प्रस्तुतिका साथ सम्पन्न कार्यक्रममा पहिलो नेपाली मोडल प्रशान्त ताम्राकार, चलचित्र निर्देशक राजु गिरी, अभिनेत्री सुभेच्छा थापालगायत थुप्रै चर्चित व्यक्तित्वको उपस्थिति रहेको थियो ।
नेपाली युवायुवतीको प्रतिभा पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको मोडल उत्पादन गर्न कार्यक्रम सहायकसिद्ध हुने आयोजक नेक्स्ट मोडलस् नेपालका कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् । भक्तपुरमा रहेको सिर्जनशील बालकल्याण केन्द्रलाई नगद तथा जिन्सी गरी ५० हजार रुपियाँ बराबरको सहयोगसमेत गरिएको कार्यक्रमको व्यवस्थापन नेक्स्ट मोडलस् नेपालका कार्यकारी निर्देशक यतना पाण्डे र अध्यक्ष रबी धमलाले गरेका थिए । धुमधामसँग गरिएको स्टेज सजावटमा नगद पाँच लाख खर्च भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया