दुर्घटनाको कारक यातायात कार्यालय

durghatanaमहोत्तरी, २६ साउन । क्षमताभन्दा बढी यात्रु बोकेको कारण तिर्थालु लिएर आएको बस दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर तुलसी उप्रेतीका अनुसार पुरानो अवस्थाको बसले क्षमता भन्दा धेरै यात्रु बोकेको र तीव्रगतिको कारण अनियन्त्रित भई पल्टिँदा आठ जनाको मृत्यु हुनुको साथै ६ दर्जन बढी घाइते भएका हुन् ।
इन्स्पेक्टर उप्रेतीका बसको अवस्था अत्यन्त जीर्ण भएको कारण दुर्घटना भएको दाबी गर्छन । सन् १९९८ मोडलको बसलाई यातायात कार्यालयले चुस्त र दुरुस्त भनी जाँच पास गरेको छ । तराईको ग्र्रामीण भेगमासमेत चल्दा बिग्रिरहने बसहरू यातायात कार्यालयले जथाभावी जाँचपासमा रकम असुलेर निर्वाध कागजात नवीकरण गरिदिने गरेका छन् । त्यस्ता सवारी साधानहरू महोत्तरीको जलेश्वर भिठ्ठामोड, गौशाला सम्सीलगायतका सडकमा गुडिरहेका भेटिन्छन् ।
सोमबार साँझको दुर्घटना मानवीय क्षतिको हिसाबले अहिलेसम्मकै जिल्लाको ठूलो दुर्घटना भएको स्थानीयहरू बताउँछन् ।
बसका चालक जलेश्वर–१२ मलिवाराका रामएकवाल महतोले ओरालोमा बसको बे्रकफेल भएर दुर्घटना भएको बताए । टाउकोमा गम्भीर चोट लागेका चालक महतोले भने, ‘ओरालोमा बस तीव्र गतिमा हुईकियो ब्रेक लगाउन खोज्दा नलागेर मोडमा बस पल्टिँदै सडकबाट तल झ¥यो ।’
घाइते चालकको टाउकोमा चोट लागेको कारण थप उपचारका लागि सोमबार राती बिराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच सोमबार महोत्तरीको बर्दिवास–५ स्थित पाटुमा तीर्थयात्री चढेको बस दुर्घटनाका मृतक मध्ये आठै जनाको सनाखत भएको छ । सनाखत हुनेहरूमा धनुषाको जनकपुर उप–महानगरपालिका–५ का २९ वर्षीय हरिसाह हलुवाई, महोत्तरी एकरहिया–६ का २८ वर्षीय जगदीशकुमार साह, एकरहिया–६ कै २१ वर्षीय मनोज साह, एकरहिया–५ का रामपुकार मण्डल, मटिहानी–५ का १७ वर्षीय विजयकुमार मण्डल, भमरपुरा–७ का १५ वर्षीय अनिसकुमार चौधरी, सोर्हवा–८ का ४५ वर्षीय रानीवती देवी कापर र भारत सितामढी ग्रामपुर का ५५ वर्षीय बुद्धु साह रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृतक जगदीश साह र मनोज साह दाजुभाइ हुन । सोमबार साँझ सिन्धुलीको लंगुरखोलाबाट तीर्थालु बोकेर बर्दिवासतर्पm आउँदै गरेको ज १ ख ५२९ नम्बरको बस बिपी राजमार्गस्थित बर्दिवास–५ मा दुर्घटना भएको थियो । दुर्घटनामा परी बसमा सवार ७७ तीर्थयात्री घाइते भएका थिए ।

प्रतिक्रिया