सञ्जयले गाए फुजीमा राष्ट्रिय गान

sanjaya-japan-fujimoriकाठमाडौं, २६ साउन । विश्वको सर्वोच्च शिखर सगरमाथा, किलर पर्वत मनास्लु, अफ्रिकाको किलिमन्जारो, अमेरिकाको अकोन्कागुआ, युरोपको एल्ब्रसलगायत ६ महादेशका उच्च शिखरहरूको सफल आरोहण गरिसकेका कीर्तिमानी पर्वतारोही तथा अल्ट्रा धावक हुन् । सञ्जय पण्डितले जापानको सर्वोच्च शिखर फुजीको पनि सफल आरोहण गरेका छन् ।
सोमबार राति १ बजे आधार शिविरबाट थालिएको आरोहण करिब ३ घण्टामा सकिएको बताइएको छ । उनी जापानको सर्वोच्च बिन्दुमा गएर नेपाली राष्ट्रिय पोसाकसँगै राष्ट्रिय गीत गाउने पहिलो नेपाली बने । उनको जापान आरोहणलाई राप्ती समाज जापान तथा प्रवासी नेपाली मञ्च जापानले आर्थिक सहयोग गरेका थिए ।
उनलाई जापानिज आरोही जोनियाले साथ दिएका थिए । उचाइ अनि आरोहणको हिसाबले सजिलो भए पनि जापानको सर्वोच्च शिखरमा यस्तो कीर्तिमान राखेकोमा खुसी लागेको पण्डितले बताए । उनले भूकम्पमा ज्यान गुमाएका हजारौँ नेपालीप्रति यो आरोहण समर्पित गरेको सन्देश पनि चुचुरोबाटै संसारभर दिएका छन् ।

प्रतिक्रिया