काठमाडौं, २१ साउन । अभिनेता आर्यन सिग्देलले बुधबार ३२ औँ जन्मदिन मनाए । जन्मदिनमा उनलाई विभिन्न खालका उपहार प्राप्त हुने नै भए । तर, आर्यनले आप्mनो चलचित्र ‘क्लासिक’को युनिटबाट पाएको गिफ्ट भने विशेष थियो ।
क्लासिकमा आर्यन गायकको भूमिकामा देखिँदै छन् । त्यसैले ‘क्लासिक’मा गीत आउनुका अलाबा गितार पनि बनाउनपर्ने छ आर्यनले । चलचित्रको पात्रमा घुस्न आर्यनलाई सहज होस् भनेर क्लासिक युनिटले उनलाई गितार उपहार दियो । त्यसैले त यो विषेश उपहार बन्यो, आर्यनका लागि । क्लासिकका निर्देशक दिनेश राउत, निर्माता सुवास गिरी, संगीतकार ताराप्रकाश लिम्बु र अभिनेत्री नम्रता श्रेष्ठले आर्यनको जन्मदिनमा ‘सरप्राइज गिफ्ट’सहित गितार पनि उपहार दिए । गितार बजाउन नजान्ने आर्यनले ‘अब सिक्ने’ बताए । ‘क्लासिक’को छायांकन असोजबाट सुरु हुने बताइएको छ ।
निर्माता सुवास गिरीले आर्यनलाई भूमिकाअनुसारको उपहार दिइएको बताए । पत्नी सपनाको साथमा क्लासिक युनिटसँग जन्मदिन मनाउँदै आर्यनले केक काटे । बुधबार दिनभरि नै जन्मदिन मनाउनमा व्यस्त आर्यनका लागि गितार उपहार विशेष बनेको थियो । संगीतकार ताराप्रकाश लिम्बूले क्लासिकका दुईवटा गीत गाएर माहोललाई संगीतमय बनाए ।
बुधबारबाट ३२ लागेका आर्यन नेपाली चलचित्र क्षेत्रका सफल अभिनेता हुन् । निर्माता सुवास गिरीसँग मिलेर उनले यसअघि ‘नोभेम्बर रेन’ निर्माण गरेका थिए ।
प्रतिक्रिया