जज्बाबाट कम्ब्याक

Aishwarya Rai copyमुम्बई, १७ साउन । ऐश्वर्या रायको पछिल्लो चलचित्र ‘जज्बा’को ट्रेलर चाँडै सार्वजनिक हुँदै छ । चलचित्र ‘जज्बा’बाट ऐश्वर्या राय पाँच वर्षपछि चलचित्रमा फर्कँदै छिन् । आमा बनेपछि ऐश्वर्याको यो पहिलो चलचित्र हो । ‘जज्बा’लाई संजय गुप्ताले निर्देशन गरेका हुन् ।
संजय गुप्ताले ट्विटरमा लेखेका छन्, ‘फिल्म जज्बाको ट्रेलर तैयार हुँदै छ, टिजर तयार भइसकेको छ र हामी ट्रेलरका लागि काम गरिहेका छौँ । यसका बाबजुद म अहिले पहिलो चलचित्रकै जसरी उत्साहित छु ।’
ऐक्सन चलचित्र ‘जज्बा’मा ऐश्वर्याको पनि त्यस्तै भूमिका रहेको छ । समाचारअनुसार आप्mनो भूमिकालाई दमदार बनाउन ऐश्वर्याले निक्कै मेहेनत गरेकी छिन् । उनले एउटा सिनका लागि १५ पटकसम्म कोसिस गरेकी छन् । उक्त सिनलाई निर्देशक संजय गुप्ताले दुई–तीन टेकमै ‘ओके’ गरेका थिए ।
चलचित्रको ट्रेलर १५ अगस्टमा सार्वजनिक गरिँदै छ । चलचित्रमा ऐश्वर्यासँगै इरफान खान, अतुल कुलकर्णी, जैकी स्राफ, चन्दन राय सान्याल र शबाना आजमी लिड रोलमा छन् । फिल्म ९ अक्टोबरमा प्रदर्शनमा आउने बताइएको छ । ऐश्वर्याको कमब्याकप्रति उनका फ्यान ब्यग्र प्रतीक्षामा छन् ।

प्रतिक्रिया