असल साथी ऐश्वर्या : प्रीति

Preity-Zinta-Aishwarya-Rai-काठमाडौं । फिल्म ‘हर दिल जो प्यार करेगा’ मा बेस्टफ्रेन्ड बनेका प्रिटी जिन्टा र रानी मुखर्जीको चर्चा अत्यन्तै भएको थियो । सलमान खान, अभिषेक बच्चन, अजय देवगण, साहिद कपुर आदिसँग दोस्ती राख्ने प्रीति अभिनेत्रीसँग कम मात्रामा दोस्ती राख्ने गर्छिन् । प्रीतिले भनिन्, ‘रानी र म असल साथी थियौँ तर हाम्रो मित्रता सधैँ प्रोफेसनल रूपमा रह्यो ।’ बलिउड इन्डस्ट्रीमा सबभन्दा असल साथी ऐश्वर्या राय बच्चन रहेको उनले बताइन् । अभिषेक र ऐश्वर्यासँग धेरै वर्षअघिदेखि आफ्नो दोस्ती रहेकोसमेत बताइन् ।

प्रीतिले थपिन्, ‘ऐश्वर्याले दुवै फन्टमा राम्रो काम गरिरहेकी छन् ।’ ऐश्वर्याले पारिवारिक काम र फिल्मी क्षेत्र दुवैमा राम्रो काम गरिरहेकी प्रीतिले बताइन् । उनले ऐश्वर्या अभिनीत फिल्म ‘जजÞबा’ को टिजर हेरेपछि आफू धेरै खुसी भएको बताउँदै भनिन्, ‘कसले भन्यो बिहेपछि अभिनेत्रीको माग कम हुन्छ ? यदि त्यस्तो हो भने हलिउड अभिनेत्री एन्जेलिना जोली र शर्मिला टैगोरका फिल्म बिहेपछि पनि किन हिट भए त ?’ (सौस)

प्रतिक्रिया