नेशनल हस्पिटल एन्ड रिसर्च सेन्टरलाई कल्पोस्कोप मेसिन

 

काठमाडौं, १३ साउन । जनकमाया राजभण्डारी र पूर्णकेशरी राजभण्डारीको स्मृतिमा छोरीहरूले नेशनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरलाई कल्पोस्कोप मेसिन हस्तान्तरण गरेका छन् ।

समाजसेवीद्वय कमलेश्वरी अमात्य र जानकीदेवी प्रधानाङ्ले पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लागउन आवश्यक पर्ने अत्याघुनिक कल्पोस्कोप मेसिन मंगलबार नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरका अध्यक्ष डा।मदनकुमार पियालाई हस्तान्तरण गरेका हुन् ।

ललितपुरको जावलाखेलस्थित हस्पिटलमा आयोजित विशेष कार्यक्रममा अत्याधुनिक मेसिनहरू उपलब्ध गराइएको हो ।

कार्यक्रममा प्रबन्ध निर्देशक प्रा श्यामकृष्ण जोशीले समयमै क्यान्सर रोग पत्ता लागाइ उपचार गरेमा क्यान्सर रोग निको हुन सक्ने बताए । उनले हरेक वर्ष क्यान्सर स्किनिङ्ग गर्न सबैलाई सुझाव पनि दिए ।

हरेक वर्ष २ हजार १ सय ४६ जना पाठेघरको क्यान्सरका नयाँ बिरमी हुने गरेको तथ्याङ्कबाट देखिन्छ । पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लागउन अत्याघुनिक कल्पोस्कोप मेसिन उपयागी हुने उनले बताए ।

सोही क्रममा अस्पतालमा उपस्थित २७ महिलाको पाठेघरको मुखको कल्पोस्कोप मेसिनद्वारा निःशुल्क परीक्षण गरिएको थियो ।

1 2 3 4

प्रतिक्रिया