मधेस केन्द्रित दलसँग बुधबार वार्ता गर्ने

Baluwatarकाठमाडौं, १२ साउन । प्रमुख चार राजनीतिक दलहरुले जनताका सुझावअनुसार संविधानको मस्यौदा परिमार्जन गर्न सहमत भएका छन् ।

काठमाडौंमा आज बसेको प्रमुख चार दलका शीर्ष नेताहरूको बैठकले संविधानको प्रारम्भिक मस्यौदामा असन्तुष्ट दलहरूसँग बुधबार छलफल गर्ने निर्णय समेत गरेका हुन् ।

देशभर गरिएको सुझाव संकलनमा अधिकांशले आमा वा बाबुको नाममा वंशजको नागरिकता दिने प्रावधान नयाँ संविधानमा राख्न सुझाव दिएका थिए ।

धर्म निरपेक्षता शब्द हटाउन र प्रत्यक्ष निर्वा्चित कार्यकारी हुने गरी शासकीय स्वरुपको व्यवस्था गर्न पनि सुझाव आएको छ ।

बैठकमा धर्म निरपेक्षता शब्दावली परिवर्तन गर्ने सहमति भएको छ । त्यसको सट्टा कुन शब्द प्रयोग गर्ने भन्ने निर्णय भने भैसकेको छैन ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनताको सुझाव अनुसार अघि बढ्ने जानकारी दिए । संविधानको मस्यौदाको विरोध गर्दै आएका दलहरुसँग बुधबार छलफल गर्ने निर्णय पनि भएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया