तालिवान नियन्त्रित १२५ सुरक्षा बलका सदस्य रिहा

फैजाबाद (अफगानिस्तान), १० साउन । बादाखसान प्रान्तको प्रान्तीय राजधानी फैजाबादको बारडोज जिल्लामा गत तीन दिनदेखि जारी झडपको क्रममा नियन्त्रणमा लिइएका १२५ जना सुरक्षाबललाई अफगानी तालिवानी विद्रोहीले आइतबार रिहा गरेका छन् ।
गत तीन दिनदेखि जारी भीषण युद्धपछि ती सुरक्षाबल आतङ्ककारी समूहमा सहभागी भएको जिल्ला गभर्नर दउलत मोहमाद खवारले आइतबारै जानकारी दिए ।

सरकारी सेना तथा तालिवान विद्रोहीबीच राज्यको उत्तरपूर्वी बादाखसान प्रान्तको बारडोज जिल्लास्थित तिरगासलाई तालिवानले नियन्त्रणमा लिएपछि शनिबार अबेर राति सुरक्षाबलले आत्मसमर्पण गरी सोही समूहमा सहगागी भएको खवारले सिन्ह्वा समाचार समितिलाई बताए ।

खवारका अनुसार तीन दिनसम्म यस झडपको क्रममा २० तालिवानी आतङ्ककारी र १० सरकारी सुरक्षाबलको मृत्यु भएको जनाइएको छ ।

यसैबीच अफगानिस्तानबाट प्राप्त एक अर्को समाचार अनुसार एक सशस्त्र समुहले आइतबार राज्यको उत्तरमा अवस्थित बाघलान प्रान्तबाट ११ बस यात्रीलाई अपहरण गरेको प्रान्तीय प्रहरी प्रमुख अब्दुल जब्बर पुर्दलीले बताए ।

संदिग्द तालीवानी लडाकुले गुडिरहेको बस रोकेर बसभित्र रहेका यात्रुलाई अपहरण गरेको र अपरिचित स्थानतर्फ लगेको पुुर्दुलीले पत्रकारलाई बताए ।

प्रतिक्रिया