एसियाली अवार्डमा दक्षिण एसियाको प्रभाव

chess-dubaiकाठमाडौं, ११ साउन । यो वर्ष एसियाली चेस जगतमा दक्षिण एसियालीको भिन्न प्रभाव रहन पुग्यो । नेपालले चेस भुममेन्ट अफ द इयर अवार्ड पाउँदा भारतका जिवी रमेसले वर्षका युथ प्रशिक्षकको अवार्ड पाए । यसैगरी भारतले युथ टिम अफ द इयर अवार्ड पायो । नेपालले अन्तर्राष्ट्रिय गतिविधि तीव्र पारेको कारण अवार्ड पाएको हो । रमेसले विश्व विजेता युथ टिमलाई प्रशिक्षण दिएका थिए । २०१४ को यु–१६ ओलम्पियाड विजेता भारतीय टोली वर्षको युथ टोली घोषित भयो । भारतले सबैभन्दा सक्रिय महासंघको अवार्ड पायो । नेपालले यो वर्ष एसियान जोनल थ्री प्वाइन्ट टु चेस प्रतियोगिताको उपाधि जितेको थियो ।

नेपालको अर्को छिमेकी देश चीनले पनि महत्वपूर्ण अवार्ड पायो । गत वर्षको चेस ओलम्पियाडमा अपराजित हँुदै सबैभन्दा धेरै स्कोर गरेका चाइनिज ग्रान्डमास्टर यु यांगगीले वर्षको उत्कृष्ट खेलाडी अवार्ड पाए । फिडे ओपन ग्रान्डप्रिक्सकी विजेता यु हान फिन वर्षकी महिला खेलाडी भएकी छिन् । २०१४ मै भारतको पुनेमा भएको विश्व जुनियर च्याम्पियनसिपको उपाधि विजेता चीनका लु सांघाइ वर्षका जुनियर खेलाडी घोषित भए । महिला जु्नियर खेलाडी अवार्ड इरानकी खादे मलसारेह सारासादतले पाएकी छिन् । उनी विश्व जुनियर च्याम्पियनसिपकी उपविजेता हुन् ।
वर्षको प्रशिक्षक चिनका झु जुन भए । उनी चेस ओलम्पियाड विजेता चिनियाँ टोलीका प्रशिक्षक थिए । ओलम्पियाड विजेता चीन नै एसियाको उत्कृष्ट टोली घोषित भयो भने ओलम्पियाड उपविजेता चीन नै वर्षको महिला टोली घोषित भयो ।
चीनका लीउ यानले दक्षिण अफ्रिकाको डर्बानमा भएको विश्व युथ च्याम्पियनसिपमा यु–१४ उपाधि विजेता चीनका लीउ यान युथ प्लेयर अफ द इयरको अवार्ड पाउन सफल भए । भारतकी वैशाली बाबु रमेसले डर्बानमै भएको यु–१४ च्याम्पियनसिपमा काश्य पदक जितेवापत् युथ गल्र्स प्लेयर अफ द इयरको अवार्ड पाएकी छिन् । ताइचुंगमा सन् २०१४ को एसियन स्कुलको सफल आयोजनाका कारण चाइनिज ताइपेइका महासचिव को फेइ युले वर्षको आयोजक अवार्ड पाएका छन् ।
उज्वेकिस्तानका प्रमुख इस्लाम कारिमोभले चेस पर्सानालिटी अवार्ड पाएका छन् । ‘नेसनल इस्पेसलाइज्ड युथ चेस स्कुल अफ ओलम्पिक रिचर्भ’ कार्यक्रमका लागि उनलाई यो अवार्ड प्रदान गरिएको हो । सन् १९९१ देखि २०१४ सम्म मकाउ चेस संघका प्रमुख रहेका जोसे सेल्भेरिन्होलाई मेरिटेरियस सर्भिस अवार्ड प्रदान गरिएको छ । उनी दोस्रो एसियन इन्डोर खेलका चेसतर्पmको आयोजक पनि हुन् । युएइका डा.मोहम्मदले पनि मेरिटेरियस सर्भिस अवार्ड पाएका छन् । उनी एसियाका लागि पूर्वडेपुटी फिडेप्रमुख हुन् । कतारका सेख मोहम्मद बिन खालेद अल थानीले पनि यो अवार्ड पाए । फिडेको विभिन्न प्रमुख पदमा रही सकेका कास्टो अबुन्डोले लाइफ टाइम अचिभमेन्ट अवार्ड पाएका छन् । ६ सेप्टेम्बरका दिन यी सबै अवार्ड प्रदान गरिनेछ ।

प्रतिक्रिया