प्रहरी दमनप्रति आयोगको आपत्ति

ओखलढुंगा । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आर्थिक ०७१÷०७२ वर्षमा करिब ८० लाख राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षभर ७९ लाख ७८ हजार आठ सय ५२ राजस्व संकलन गरेको हो ।
राहदानी सिफारिसबाट ७७ लाख ७० हजार, संस्था दर्ताबाट १ लाख ७९ हजार, जम्मा जरिवानाबाट १४ हजार आठ सय एक, परीक्षा दस्तुर ११ हजार ६ सय र बेरोजु असुलीबाट तीन हजार चार सय ५१ गरी कुल ७९ लाख ७८ हजार ८ सय ५२ राजस्व संकलन भएको सहायक सिडिओ नगेन्द्र पौडेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षदेखि बैंकमार्फत कारोबार सुरु गरेको थियो । बैंकमा रकम जम्मा गर्ने र भौचर कार्यालयमा पेस गर्ने गरे पनि सेवामा गुणस्तरता र सहजता दुवै भएको प्रशासनले जनाएको छ । (सौस)

प्रतिक्रिया