हङकङ टी–२० विश्वकपमा छनोट

डब्लिन, ६ साउन । हङकङ अर्काे वर्ष भारतमा हुने ट्वान्टी–ट्वान्टी विश्वकपका लागि छानिएको छ । मंगलबार आयरल्यान्डको डब्लिनस्थित डब्लिनस्थित दि भिलेज मालाहिदेमा भएको प्लेअफको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्दै अर्काे भारतमा हुने विश्वकपका लागि स्थान पक्का गरेको हो । पराजित भएको अफगानिस्तानले पपुवा न्यु गिनीविरुद्ध हुने अर्काे प्ले अफ खेल्ने अवसर पाउनेछ ।

अफगानस्तिानले दिएको १६२ रनको लक्ष्य हङकङले २० ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग-यो । जितका लागि खेलको अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा मार्क चाम्पम्यान आउट भएपछि ब्याटिङमा आएको बाबर हायतले ९ बलमा २० रनको विस्फोटक पारी खेल्दै जित दिलाए । अन्तिम ओभरको चौथो बलमा तनवीर अफजल शून्य रनमै आउट भएपछि हङकङलाई एक बलमा दुई रन चाहिएको अवस्थामा बाबर हायतले दुई रन लिँदै जित दिलाए ।
जेमी एट्किन्सनले ४७ रन तथा मार्क चाम्पम्यानले ४० रनको योगदान दिए । यस्तै, निजाकाँट २६ रनमो आउट भए । ओपनर इरफन अहमद १६ रनमा पभेलियन फर्किए । अफगानिस्तानका सपुर जर्दानले दुई तथा मोहम्मद नावी र मिरवाफ अस्राफले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १६१ रनको योगफल तयार पारेको थियो ।
अफगानिस्तानका नरवाज मंगालले सर्वाधिक ५३ रन जोड्दै अफगानिस्तानले सम्मानजनक योगफल तयार पारेको थियो । यस्तै, असघर स्टानिजाईले २९ रन जोड्दै पभेलियन फर्किए । समिउल्लाह सेनवरी २१, मोहम्मद सहजद २०, सफिक १५ तथा मोहम्मद नावी १३ रनमा आउट भए । हङकङका हसिव अम्जादले तीन तथा आइजाज खान, इफरन अहमद र नदिन अहमदले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया