तस्बिरका कारण विवादमा म्याडोना

madonaलन्डन । पपस्टार म्याडोनाले सोसल नेटवर्किङ साइटमा सार्वजनिक गरेको एक तस्बिरले उनको विरोध हुन थालेको छ । तस्बिरमा म्याडोनाले धर्मपुत्र बनाएका दुई अश्वेत बालक मर्सी र डेविडले उनको पैताला मालिस गरिरहेका छन् । हुन त म्याडोनाले उक्त तस्बिरसँगै लेखेकी छन्, ‘आमाको मायाका लागि मर्सी र डेबिड पैतालाको मालिस सबै गर्दछन् ।’
यसका बाबजुद विरोध गर्नेहरूले भने म्याडोनाले अश्वेत बालकलाई धर्मपुत्र बनाएर उनीहरूलाई घरेलु श्रमिक बनाइसहेकी छन् । केहीले कमेन्ट गरेका छन्, ‘म्याडोनाले अफ्रिकाबाट घरेलु बालश्रमिक ल्याइन् ।’ त्यस्तै केहीले भनेका छन्, ‘आजको युगमा पनि म्याडोना पैतालाको मालिसकै लागि घरेलु श्रमिक राख्छिन् ।’ (एजेन्सी)

प्रतिक्रिया