रौतहट, ३ साउन । एमालेका नेता माधवकुमार नेपालले रौतहट जिल्लास्थित स्थानीय गङ्गपिप्रा गाविसमा निर्माणाधीन सामुदायिक भवनको निरीक्षण गरेका छन् ।
पूर्वप्रधानमन्त्री नेपालले भवनको निर्माणपछि सामाजिक तथा सांस्कृतिक भाइचारा कायम गर्न ठूलो मद्दत पुग्ने बताउँदै निर्माण द्रुत गतिमा अगाडि बढाउन आग्रह गरे ।
उक्त सामुदायिक भवन रौतहट जिल्लाको क्षेत्र नं १ स्थित गङ्गापिपरा बजारमा निर्माण भइरहेको छ ।
जापान सरकारले सामुदायिक भवन निर्माणका लागि रौतहट विकास कोषलाई ९८ लाख १८ हजार ८२३ अनुदानस्वरुप उपलब्ध गराएबमोजिम २०० मानिस अटाउने भवन निर्माण गर्न लागिएको हो ।
सामुदायिक भवनको निर्माणपछि पिपराभलोहिया, पचरुखी र मत्सरी गाविसका बासिन्दालाई बैठक एवम् सांस्कृतिक कार्यक्रममा एकत्रित हुन सहयोग पुग्ने कोषले जनाएको छ ।
प्रतिक्रिया