मुम्बई । बलिउड सुपर स्टार सलमान खालले दक्षिण भारतीय चलचित्र क्षेत्र भारतीय मूलधारको ‘बलिउड’ भन्दा अब्बल भएको बताए छन् । कमाईको हिसाबले सबै रेकर्ड तोड्नै गएको निर्देशक एसएस राजामौलीको चलचित्र ‘बाहुबली’ जस्तो चलचित्र दिनसक्ने स्तरमा बलिउड अभै पुग्न नसकेको उनको ठहर छ ।
सलमानले भनेका छन्, ‘बाहुबलीजस्तो कमाई हामी गर्न सक्तैनौँ । वास्तवमै बाहुबलीको कमाईले मलाई डर त्रर्साइरहेको छ । बाहुबली एउटा उत्कृष्ट चलचित्र हो, तर हाम्रो चलचित्रक (बलिउड) लाई पनि यस्तै कमाइको जरुरत छ ।’त्यसो त सलमानका चलचित्रहरू पनि एक ५० करोड र दुई सय करोड क्लबमा पुगिसकेका छन् । तर, बाहुबलीले त पहिलो हप्तामै बक्स असफसमा एक सय ५० करोड कमाइसकेको छ । बाहुबली अब तीन सय करोडको आँकडा नजिक पुगिसकेको छ । (एजेन्सी)
प्रतिक्रिया