दुर्गममा बिजुली बलेपछि स्थानीय खुसी

जाजरकोट, १ साउन । जाजरकोटको एक दुर्गम गाउँमा बिजुली बलेपछि स्थानीयवासी खुसी भएका छन् ।

जिल्लाको लहँ गाविस–४ मा बागमारे साना लद्यु जलविद्युत् योजना निर्माण पछि बिजुली बलेको हो ।

लहँका वडा नं २, ३ ४ र ५ का ४७३ घरधुरीलाई विद्युत् सेवा पुगेको निर्माण समितिका अध्यक्ष लक्ष्मीबहादुर रावलले जानकारी दिए ।

श्रमदानसहित दुई करोड ८० लाख बराबरको लागतमा यो विद्युत् निर्माण भएको रावलले जानकारी दिए ।

सो याजनाबाट पैतालीस किलोवाट विद्युत् उत्पादन गरिएको छ ।

गाविस, जिविस, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, आस्था नेपाल, लापाको आर्थिक सहयोगमा यो योजना निर्माण गरिएको हो ।

सल्लाको दियालो बाल्दै आएका यहाँका स्थानीय आजदेखि विद्युत् सेवा उपभोग गर्न पाएपछि निकै खुसी भएको स्थानीय विजय रावलले बताए ।

बिजुली बलेपछि घरघरमा टिभी र विद्यालयमा कम्प्युटरबाट पढाइ हुने भएपछि स्थानीयवासी दङ्ग भएका छन् ।

प्रतिक्रिया