काठमाडौं । फिल्म र म्युजिक भिडियो निर्माणको क्रम बढेसँगै मोडलिङ र अभिनय क्षेत्रमा नयाँ पुस्ताको प्रवेशक्रम बढ्दो छ । पारिवारिक पृष्ठभूमि जस्तोसुकै भए पनि टेलिभिजन तथा फिल्मी पर्दामा अनुहार देखिनका लागि भए पनि युवायुवतीहरू मोडलिङलाई करियर बनाएर ग्ल्यामर क्षेत्रमा आउने गरेका छन् ।
ललितपुरको भैँसेपाटीमा २३ वर्षअघि जन्मिएकी देबु खड्का पनि पछिल्लो पुस्तामा मौलाउँदै गएको मोडलिङ क्रेजलाई आत्मसात गर्न ग्ल्यामर दुनियाँमा प्रवेश गरेकी युवती हुन् । स्नातक तहको अध्ययन पूरा गरेकी उनले हालसम्म उनले दुई वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् भने एउटा सर्ट फिल्ममा पनि अभिनय कला देखाइसकेकी छन् । हाल उनी फिल्म ‘स्मोकी सिटी’को सुटिङमा ब्यस्त छिन् ।
‘म अलिक फरक किसिमको अभिनय गर्न, गीत–संगीत सुन्न र नाच्न मन पराउँछु,’ सैनिक पिताकी छोरी खड्काले भनिन्, ‘राम्रो फिल्म र गीत पाए अभिनय र मोडलिङलाई निरन्तरता दिनेछु ।’ ‘मिस्टर एन्ड मिस म्याब’ बाट आफ्नो मोडलिङ करिअर सुरु गरेकी भर्खरै कसैको प्रेममा परेको खुलासा गरिन् । सेक्सलाई उनी प्रकृतिको उपहार मान्दछिन् । (सौस)
प्रतिक्रिया