लम्बियो बिम्बाका सपना

Bimba-Kaa-Sapana-5काठमाडौं । राजधानीको सुनधारास्थित काठमाडौं मल रहेको नाटकघर थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘बिम्बाका सपना’ साउन तीन गतेसम्म मञ्चन हुने भएको छ ।

गत असार ११ देखि मञ्चन भइरहेको नाटक यसअघि असार २९ गतेसम्म देखाइने पूर्वनिर्धारित कार्यक्रम भए पनि दर्शकको चाप बढी भएकाले साउन तीनसम्म लम्ब्याइएको थिएटर मलले जनाएको छ ।

थिएटर आकार र थिएटर मलको संयुक्त प्रस्तुति रहेको नाटकलाई प्राडा अभि सुवेदीले लेखेका हुन् भने यसको परिकल्पना र निर्देशन घनश्याम श्रेष्ठले गरेका हुन् ।

नाटकमा सुष्मा कोइरालाको एकल अभिनय छ भने उनलाई सुमन कोइराला, रविना श्रेष्ठ, विवेक गोपाली, विशाल डोटेल, प्रज्वला डंगोल, अञ्जनी भरतवाल, शंकर भण्डारीले अभिनयमा साथ दिएका छन् ।

नाटकमा यशोधरा र छोरा राहुललाई सिद्धार्थ गौतमले छोडेर मध्यरातमा गएपछि बिम्बाले एउटा पत्नी भएर बसेको अलिखित, कसैले चर्चा नगरेको समयको कथा हो । पतिविना नाबालक शिशुलाई अनेकन प्रश्नहरूको सामना गर्दै दरबारभित्र एकल महिलाले भोगेको कथा यसमा छ । (सौस)

प्रतिक्रिया