सिटौलाको सुकीर्ति लोकार्पण

Sitaulaकाठमाडौं । शताब्दी पुरुष डा. सत्यमोहन जोशीले हरिचरण सिटौलाको सुकीर्ति नामक ग्रन्थको लोकार्पण गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र राधिका दाहालको सम्पादनमा नइ प्रकाशनद्वारा प्रकाशित ६ सय ९४ पृष्ठको ग्रन्थमा ९५ व्यक्तिले तयार पारेका सिटौलाबारेका लेख प्रकाशित छन् ।

समाजसेवी सिटौलाले आधा शताब्दीभन्दा धेरै समय पूर्वाञ्चलको तेह्रथुममा समाजसेवा गरेका थिए । उनको ०४९ माघ १४ गते झापामा स्वर्गारोहण भएको थियो । कार्यक्रममा डा.जोशीले सिटौला जस्ता त्यागी समाजसेवी नेपाल राष्ट्रकै गौरव भएको बताएका थिए । उनले सिटौलाका नाउँमा नेपाल सरकारले हुलाक टिकट प्रकाशनमा ल्याई उनीप्रति सम्मान गर्नुपर्ने सुझाव दिएका थिए ।
गुञ्जनका अध्यक्ष गीताकेशरीको सभापतित्वमा भएको कार्यक्रममा इन्दिरा प्रसाईं, रजनी ढकाल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनप्रकाश सिटौला, डा.वसन्त पन्त, पर्शुराम खापुङ, सम्पादकद्वय गंगाप्रसाद उप्रेती र राधिका दाहाल तथा सन्ध्या पहाडीले सिटौलाको समाजसेवाको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा साहित्यकारहरू सुशीला देउजा, लक्ष्मी उप्रेती, हिरण्यकुमारी पाठक, अरुण नदी खत्री, उर्मिला पन्त पाण्डे, तेजप्रकाश श्रेष्ठको उपस्थिति थियो । (सौस)

प्रतिक्रिया