उच्च सुरक्षा अधिकारीहरुद्वारा अवलोकन

पर्सा, ३० असार । उच्च सुरक्षा अधिकारीको टोलीले आज पर्सा जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको छ ।

पर्साको ग्रामीण भेगका प्रहरी चौकीको समेत टोलीले आज अनुगमन गरेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।

गृहसचिव सूर्य सिलवालसहितको टोलीले पर्साको सुरक्षा अवस्थाको विषयमा जानकारी लिएको उनले जानकारी दिए ।

टोलीमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलगायतको टोलीको सहभागिता रहेको थियो ।

टोलीले पर्साको समग्र सुरक्षा स्थितिको विषयमा जानकारी लिएको छ । जिल्ला प्रहरी पर्साको भवन र सुरक्षाको विषयमा पनि सुरक्षा टोलीले जानकारी लिएको छ ।

टोलीले सुरक्षामा कुनै कमी हुन नदिनसमेत निर्देशन दिएको छ ।

प्रतिक्रिया