बालिका बलात्कारीलाई बाह्र वर्ष कैद

इलाम, ३० असार । बालिका बलात्कार आरोपमा पक्राउ परेका इलाम जिल्लाको चुलाचुली–१ का भुपेश भनिने राजेन्द्र फागो लिम्बूलाई जिल्ला अदालत इलामले १२ वर्ष कैद फैसला सुनाएको छ ।

लिम्बूलाई अदालतले ३० हजार क्षतिपूर्ति भराउन पनि फैसला गरेको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन जबर्जस्तीकरणी महलको १ र ३ (१) बमोजिम कसुर गरेको ठहर गरेको हो ।

सोही महलको ३ (१) बमोजिम लिम्बूलाई १२ वर्ष कैद र पीडित बालिकालाई रु ३० हजार क्षतिपूर्ति दिलाई दिने फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताए ।

लिम्बूले गत असारमा १० वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै असार १३ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया