आदिकविको जन्मजयन्ती–कविता प्रतियोगिता

काठमाडौं, ३० असार । आदिकवि भानुभक्तको २०२औँ जन्मजयन्तीको अवसरमा रत्न पुस्तकालय बानेश्वरले हिजो काठमाडौंमा आयोजना गरेको कविता प्रतियोगितामा सुदेश सत्याल प्रथम भएका छन् ।

प्रतियोगितामा सोझो गाउँले द्वितीय, मेनका पोखरेल तृतीय भए । कल्पना काफ्ले, सुशीला खड्का र इशा बस्नेतले सान्त्वना पुरस्कार हात पारेका छन् ।

पुस्तकालयले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद तथा सम्मानपत्र प्रदान गरेको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विष्णु विभुको प्रमुख आतिथ्यमा भएको सो प्रतियोगितामा ५८ कविले प्रतिस्पर्धा गरेका थिए ।

पुस्तकालयका अध्यक्ष शशीविक्रम राणाको अध्यक्षतामा भएको सो कार्यक्रममा केही वरिष्ठ कविले पनि अप्रतियोगीका रूपमा कविता वाचन गरेका थिए ।

प्रतिक्रिया