मुम्बई । बलिउडकी आइटम गर्ल राखी सावन्त जहिल्यै पनि केही न केही कुराले चर्चा र विवादमा आइरहन्छिन् । यसपटक उनी आफ्नै भिडियोका कारण सामाजिक सञ्जालमा छाएर चर्चामा आएकी छन् । युट्युबमा राखिएको सावन्तको ‘बजाओड’ नामको भिडियोमा उनले ट्वीटरमा राखेको केही उट्पट्याङ सवाललाई आफ्नो अन्दाजमा जवाफ दिएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार भिडियोमा विराट कोहली, अनुष्का शर्मादेखि लिएर ललित मोदी, राहुल यादवसम्म उनको सवालमा लटपिटएका छन् र राखीले दिल खोलेर उनीहरूको मजाक उडाइरहेकी हुन्छिन् । उनी अभिनेत्री सनी लियोनीलाई पनि छाडेकी छैनन् ।
भिडियोमा उनले आपूmलाई पनि पात्र बनाएर मजाक गरेकी छन् । ‘मलाई लाग्छ कि राखी सावन्तको जन्म क्लिवेज देखाउनका लागि मात्र भएको हो, मैले आफ्नो क्लिवेजका लागि धेरै पैसा खर्च गरे, त्यसकारणले त तपार्इंहरूलाई देखाउने गरेकी छु नि ।’ भिडियोमा भनेकी छन् ।
एक ट्वीटरमा राखीको तुलना भेलपुरी र सनीको तुलना पास्तासँग गरिएको थियो । त्यसको जवाफमा राखीले भनेकी छन्, ‘हो म भेलपुरी हुँ र उनी पास्ता हुन् । पास्ता बाहिरबाट आउँछ, जसलाई खाँदा पेट खराब हुन्छ, मान्छे मोटाउँछ पनि । तर भेलपुरी कस्तो स्वादिलो हुन्छ, कति तीखो हुन्छ र चटपटी हुन्छ भन्ने कुरा खानेलाई मात्र थाहा हुन्छ ।’ (एजेन्सी)
प्रतिक्रिया