लोकगीतको मौलिकतामा रमाउँदै जय

Jaya-Devkotaकाठमाडौं । भनिन्छ युवावय ऊर्जावान् साथै संवेदनशील पनि हुन्छ । जो कसैको पनि भाग्य र भविष्यको फैसला यही उमेरको सिर्जनशीलताले तय गर्छ ।

त्यसैले त युवाहरू ठूलाठूला सपना देख्दै आफ्नो भविश्य यात्रामा दौडधुप गरिरहेका भेटिन्छन् । रुकुममा जन्मिएका जय देवकोटा पनि यस्तै एउटा धावक हुन्, जो उमेरले धेरै छिप्पिए पनि कलाकारितामा सफलताका पाइला चुम्दै अघि बढिरहेका छन् ।

बाल्यकालदेखि नै गायन र कलाकारिताका सौखिन जयले उमेरले २४ पुगिसक्दा गायन र अभिनयको दुनियाँमा आफ्नो छवि स्थापित गरिसकेका छन् ।

उनले अहिलकै उमेरमा करिब बिसवटा कलेक्सन एल्बमका कयौँ लोक गीतमा स्वर दिइसकेका छन् । सानो पर्दामा अभिनेताको भूमिका निर्वाह गरिसकेका देवकोटा तेक्वान्दोका कुशल खेलाडीसमेत हुन् ।

‘कलिलो उमेर स्टुडियोले पत्याउँदैनथ्यो’, उनले भने, ‘संघर्ष गरेपछि एक दिन जो कोहीको पनि आन्तरिक क्षमता प्रस्तफूटन भइहाल्दो रहेछ’ । संघर्षका सुरुआती दिनमा आफ्नो पहिचान निर्माण गर्न संघर्ष गर्नुपरे पनि स्थापित भएपछि चाहिँ लोकगीत क्षेत्रका आन्तरिक कठिनाइसँग जुध्नुपरेको उनको अनुभव छ ।

Jay‘लोकगीतको आफ्नै मौलिकता हुन्छ । मौलिकता मास्ने कोही पनि लोकक्षेत्रमा नआएकै बेस’ । उनको बुझाइ छ । आफ्ना शोखका क्षेत्र व्यापक भए पनि लोकगायनको नसाबाट जीवनभर उत्रिन नसक्ने वताउँछन् देवकोटा

‘प्रतिष्ठा प्रमुख भए पनि जीवन धान्न कमाइको पनि ठूलो स्थान हुँदोरहेछ,’ उनले सुनाए, ‘आफ्नो पसिना बगाइसकेपछि उचित प्रतिफलको अपेक्षा सबैसँग हुन्छ नै ।’

बजारको मनोविज्ञानमा लोकगीत निर्माण गरेर मौलिकता नष्ट गर्ने परिपाटीलाई देवकोटा कत्ति पनि मन पराउँदैनन् । ‘लोकगीतको आफ्नै मौलिकता हुन्छ । मौलिकता मास्ने कोही पनि लोकक्षेत्रमा नआएकै बेस’ । उनको बुझाइ छ । आफ्ना शोखका क्षेत्र व्यापक भए पनि लोकगायनको नसाबाट जीवनभर उत्रिन नसक्ने वताउँछन् देवकोटा ।

अरूलाई आफ्नो कारणले कहिल्यै मर्का नपरोस् भनेर सोच्ने देवकोटा दुनिँयालाई चाकरी गरेर अरूको निगाहमा कहिल्यै बाँच्नु नपरोस् भन्ने ठान्छन । ‘मलाई मेरो स्वाभिमान प्यारो छ’, उनी भन्छन्, ‘अरूको दयाको पात्र भएर जीवनमा कहिल्यै परिचयविहीन बन्नु नपरोस् ।’

प्रतिक्रिया