‘कामचोर’ शिक्षकको नौ लाख तलब काटियो

Teacherजाजरकोट, २७ असार । जाजरकोट जिल्लाका विद्यालयमा नपढाउने शिक्षकको तलब काटिएको छ ।

जिल्लाका विभिन्न विद्यालयमा गरिएको अनुगमनबाट ६० शिक्षक विद्यालयमा नपढाएर व्यक्तिगत काममा लागेको पाइएको भन्दै जिल्ला शिक्षा कार्यालयले तलब काटेको बताएको छ ।

विद्यालयमा नपढाएर व्यक्तिगत काम गर्ने, ठेक्का गर्ने, राजनीति गर्ने शिक्षकको तलब बढी काटिएको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

अब साउन १५ गतेबाट जिल्ला शिक्षा अधिकारीको नेतृत्वमा नियमित विद्यालय अनुगमन गरी यसरी नै तलब काट्ने, स्पष्टीकरण लिने कार्य निरन्तर हुने श्रेष्ठको भनाइ छ ।

जाजरकोटमा विद्यालयमा नपढाएर व्यक्तिगत काम गर्ने, राजनीति गर्ने, दलको कार्यकारी पदमा समेत काम गर्ने प्रवृति बढेको छ ।

शिक्षकका सङ्घ–सङ्गठनका पदाधिकारीको तलब काटेको भन्दै स्रोत व्यक्तिसँग भनाभनसम्म भएको पाइएको छ ।

तोकिएको जिम्मेवारी पूरा नगर्ने शिक्षकलाई जिल्ला शिक्षा कार्यालयले कारबाही गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया