९१.४१ प्रतिशत घरमा खानेपानी

म्याग्दी, २७ असार । पहाडी जिल्ला म्याग्दीका करिब साढे ९१ प्रतिशत घरधुरीमा खानेपानी सुविधाको पहुँच पुगेको छ ।

२४ हजार एक सय ४४ घरधुरी रहेको म्याग्दीमा चालु आर्थिक वर्षसम्ममा २२ हजार ७७ घरधुरीमा व्यवस्थित खानेपानी सुविधाको पहुँच पुगेको खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।
गत वर्षसम्म ९० दशमलब १५ प्रतिशत घरधुरीमा खानेपानी सुविधा रहेकामा यस वर्ष सम्पन्न भएका आयोजनामार्पmत थप १ दशमलब २९ प्रतिशत घरधुरीमा खानेपानी सुविधाको पहुँच बिस्तार भएको कार्यालयका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताए ।
डिभिजन कार्यालयमार्पmत यस वर्ष सम्पन्न भएका पाँच वटा आयोजनामार्पmत २० हजार जनसंख्या लाभान्वित भएका छन् । जिविसअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्पmत पनि आधा दर्जन खानेपानी योजना निर्माण सम्पन्न भएका छन् ।
सुरक्षित र सफा मुहानबाट ल्याएको पानीलाई व्यवस्थितरूपमा प्रयोग गरेको अवस्थालाई व्यवस्थित खानेपानी सुविधा भएको मान्ने गरिएको छ । एक नगरपालिका र ३५ गाविस रहेको म्याग्दीमा व्यवस्थित खानेपानी सुविधा पुग्न बाँकी घरधुरी पहिचान गरी खानेपानी सुविधा पु¥याउन प्राथमिकता दिएको प्रमुख केसीले बताए ।

प्रतिक्रिया