काठमाडौं । एमाले भातृ संगठन जनपक्षीय चलचित्रकर्मी संघले राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईलाई सम्मान गरेको छ । संघका अध्यक्ष केशव भट्टराईसहित एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले राजकुमारलाई ताम्रपत्रसहित संयुक्त रूपमा सम्मान गरे ।
संघका अध्यक्ष भट्टराईले राई कांग्रेस निकट भए पनि सरकारले राजनीतिभन्दा माथि उठेर सक्रिय फिल्मकर्मीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेकाले उक्त कामको सराहना गर्दै राईलाई सम्मान गरेको बताए ।
महासंघका अध्यक्ष खगेन्द्रले विकास बोर्डले केही समयअघि सार्वजनिक गरेको नयाँ मापदण्डप्रति समर्थन जनाउँदै नयाँ सोच र सिर्जनालाई समेटेर अघि बढ्न सुझाव दिए । बोर्ड अध्यक्ष राईले आपूmहरूको एजेन्डामा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि चासो देखाएको दाबी गर्दै फिल्मभन्दा बाहिरका मान्छेले मापदण्डको विषयमा विरोध गर्नुको औचित्य नभएको बताए । (सौस)
प्रतिक्रिया