कांग्रेसको महाधिवेशन असोजमा

काठमाडौं । नेपाली कांग्रेसले १३औँ केन्द्रीय महाधिवेशन २ देखि ५ असोजसम्म काठमाडौंमा गर्ने भएको छ ।
संविधानसभा भवन नयाँ वानेश्वरमा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान निर्माण प्रक्रियालाई ध्यानमा राखी महाधिवेशनको पूर्वनिर्धारित कार्यपालिका संशोधन गरेको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । यसअघि ६ फागुन ०७१ मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले २४ देखि २८ भदौसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
संशोधित कार्यतालिकाअनुसार देशभर नगर वडा, गाउँ र नगर अधिवेशन आगामी १ भदौमा, क्षेत्रीय अधिवेशन ७ भदौमा र जिल्ला अधिवेशन १० भदौमा सम्पन्न गरिने कांग्रेसका मुख्यसचिव ऋषि तिवारीले जानकारी दिए । कांग्रेसको १२औँ महाधिवेशन १ देखि ५ असोजसम्म काठमाडौंमा भई पार्टी सभापतिमा सुशील कोइराला निर्वाचित भएका थिए ।

प्रतिक्रिया