रेखाको भाइबर निर्देशनमा राजेशले गाए गीत

Rajeshकाठमाडौं । अभिनेत्री, निर्मात्री तथा फिल्म निर्देशक रेखा थापा यतिबेला अमेरिकामा छिन् । आपूले निर्माण गरेको पछिल्लो फिल्म ‘हिम्मतवाली’बाट निर्देशनमा पनि डेब्यु गरेकी यी अभिनेत्री नयाँ प्रोजेक्टको तयारीका लागि अमेरिका घुमफिर गरिरहेकी छन् । नयाँ फिल्ममा आपै दोहोरो भूमिकामा देखिन लागेकी रेखाले यसै फिल्ममार्पत संगीतकारका रूपमा पनि डेब्यु गर्दैछिन् ।
उनले संगीत दिएको ‘अर्को जुनी कुन्नी भेट हुने कि नहुने, यही जुनीमा माया गरुँ नी’बोलको गीत हालै राजधानीको म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको छ । यो गीतमा रेकर्डमा संगीतकार रेखा आपै उपस्थित नभए पनि उनले भाइबरमार्पmत भर्सटायल राजेशपायल राई र गीतका एरेञ्जर महाराज थापालाई निर्देशन दिँदै गीतको रेकर्ड गरिएको थियो । ‘रेखाजीले अमेरिकाबाटै भाइबरमार्पत गीतको अन्तरा र लयबारे निर्देशन दिनुभयो,’ गायक राजेशले भने, ‘म आपै प्रविधिसँग नजिकबाट रमाइरहे पनि मेरो सांगीतिक करियरमा पहिलोपटक यसरी भाइबरबाटै निर्देशन पाएर गीत रेकर्ड गराएँ ।’
रेखाले सिर्जना गरेको संगीतको प्रशंसा गर्दै राजेशले गीतले दर्शकको मन जित्नेमा विश्वास व्यक्त गरे । किरण खरेलले लेखेको गीतको गायनमा राजेशसँग गायिका मनीषा पोखरेलले सहकार्य गरेकी छन् । ट्याम्पो ड्राइभरको कथा रहने फिल्मको निर्देशन सबिर श्रेष्ठले गर्दैछन् । भाद्र २१ गतेबाट सुटिङका लागि फ्लोरमा जाने फिल्ममार्पत आभाष अधिकारी अभिनयमा डेब्यु गर्दैछन् । फिल्म आगामी नयाँ वर्षमा रिलिज हुनेछ । (सौस)

प्रतिक्रिया