काठमाडौं । रंग पत्रकारितामा ६ वर्षदेखि सक्रिय पत्रकार विशाल राई मोडल बनेका छन् । गायिका तायाहाङ्मा राईको दोस्रो एल्बम ‘तराना’मा रहेको ‘कोई छ’ बोलको गीतको म्युजिक भिडियोमार्पmत उनले मोडलिङमा डेब्यु गरेका हुन् ।
गोदावरीमा छायांकन गरिएको भिडियोका निर्देशन नितिन चन्द हुन् । म्युजिक भिडियोमा रंग पत्रकार विशालका साथै एलिसा राई, सुमन र त्रिप्ताको अभिनय रहेको छ । म्युजिक भिडियोमा विशालले तीन मोडलसँगको रोमान्स गरेका छन् । निर्देशक नितिनले गीत राम्रो भएकाले आपूmले भिडियोमा फरकपन दिन खोजेको दाबी गरे ।
युआर प्रोस्टाइल इन्टरटेन्मेन्टले बनाएको म्युजिक भिडियोका छाँयाकार रुपेश थापा र मेकअप आर्टिस्ट नन्दा अधिकारी हुन् । म्युजिक भिडियोमा निमत चन्दको सहायक निर्देशन रहेको छ भने भिडियोका प्रोडक्सन म्यानेजरमा सुजन सत्याल र अमृत ढुंगाना थिए । भिडियो दुई सातापछि बजारमा आउने गायिकाले जानकारी दिइन् । (सौस)
प्रतिक्रिया