ससुराको जन्मदिन यसरी मनाउँदैछिन् हिमानी

Himani-Shaha-Nepaly-Sexy-Laकाठमाडौं, २३ असार । हिमानी ट्रष्टले पूर्वराजा ज्ञानेन्द्र शाहको ६९औँ जन्मदिनको अवसर पारेर बिहीवार जस्तापाता वितरण गर्ने भएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिकाका भूकम्पपीडितलाई जस्तापाता वितरण गर्ने कार्यक्रम रहेको ट्रष्टले जनाएको छ ।

वैशाख १२ गते गएको भूकम्पलाई ट्रष्टका तर्फबाट हिमानी शाहले जस्तापाता वितरण गर्न लागेकी हुन् ।

ट्रष्टले ५१ घरपरिवारलाई जस्तापाता उपलब्ध गराउने स्रोतको भनाइ छ । तारकेश्वर नगरपालिका– १० अर्यालटारका भूकम्पपीडितले अहिलेसम्म कतैबाट राहत नपाएको स्थानीयको गुनासो छ ।

ट्रष्टका तर्फबाट भूकम्पपीडित प्रत्येक परिवारलाई एक–एक बन्डलका दरले जस्तापाता वितरण गरिनेछ ।

हिमानी ट्रष्टका संरक्षकसमेत रहेका पूर्वराजा शाहले यो वर्ष आफ्नो जन्मदिन नमनाउने निर्णय यसअघि नै गरेका थिए ।

भूकम्पका कारण मुलुक शोकमा परेको भन्दै पूर्वराजा शाहले आफ्नो जन्मदिन नमनाउने शुभेच्छुकहरूलाई पूर्व जानकारीसमेत गराएका थिए ।

पूर्वराजा शाहले यसअघि निर्मल निवासमै आफ्नो जन्मदिन धुमधामका साथ मनाउँदै आएका थिए ।

पूर्वराजा शाहले जन्मदिन नमनाएपछि आज (बुधबार) निर्मल निवास सुनसान छ ।

लामो समयदेखि सामाजिक सेवामा गर्दै आएको ट्रष्टले भूकम्पपीडितलाई विभिन्न भौतिक सामग्रीहरू उपलब्ध गराउँदै आएको छ ।

बिहीबार हुने कार्यक्रममा हिमानीसहित ट्रष्टका पदाधिकारी सहभागी हुने कार्यक्रम रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया