नानाभाँती नकाबपोसहरूको एउटै केन्द्र

Bharat-Dahal

– भरत दाहाल

संविधान जारी गर्ने पक्षका दलालहरू मालिकलाई मन्साउनका लागि दिल्ली नै जानुपर्ने, प्रदेशको नाम र सिमानाको रडाको मचाउने दलालहरू पनि रुनका लागि लैनचौर नै जानुपर्ने तथा हिन्दुराज्य स्थापना गर्ने आकांक्षा बोकेका दलालहरूले पनि आफ्नो शक्ति प्रदर्शनका लागि त्यसैसँग जोगी र पण्डाहरू माग्नुपर्ने जुन हास्यास्पद दृश्य देखापर्न थालेको छ यसले दलालहरूका बीचको कथित मूल्य र मान्यतामा रहेको भिन्नताको नौटंकीको पर्दाफास गर्दछ । नकावपोश दलालहरूको जुन कित्ता विजयी भए पनि त्यसले नेपाल र नेपाली जनताको हितलाई कतै पनि सम्बोधन गर्ने छैन भन्ने तथ्य विवादित बनाइएका मुद्दाहरूको प्रकृतिले प्रस्ट पार्दछ ।

प्रतिक्रिया