महेनद्रनगरमा मजदुर मृत फेला

महेन्द्रनगर, २२ असार । कञ्चनपुरको महेन्द्रनगर बजारमा एक मजदुर मृत अवस्थामा फेला परेका छन् ।

सोमबार भीमदत्तनगर बजारको गल्ली नम्बर ४ मा एक स्थानीयवासीको घर नजिकै भीमदत्तनगरपालिकाको भगतपुरमा बस्दै आएका झयाक्रे चौधरी मृत अवस्थामा भेटिएका हुन् ।

श्रीमती अर्कै पुरुषसँग विवाह गरेपछि बजारक्षेत्रमा दैनिक ज्यालादारी÷मजदुरी गर्दै आएका चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया