चुनौतीपूर्ण भूमिका चाहन्छिन् समिता

shamitaमुम्बई । बलिउडका ‘मोहब्बते’ र ‘जहर’ जस्ता फिल्ममा अभिनय गरेर चर्चामा आएकी समिता सेठ्ठीलाई आइटम नम्बरका नृत्य गर्न कुनै पनि रुचि छैन । २००१ म ‘मेरे यार की शादी है’ र २००२ मा ‘शरारा शरारा’ र ‘साथिया’ फिल्ममा ‘चोरी पे चोरी’ जस्ता गीतमा आइटम डान्स गरेकी उनी आफूलाई कसैले आइटम गर्लको ट्याग लगाएमा त्यसको कडा प्रतिवाद गर्छिन् ।
‘म आइटम गीतलाई अस्वीकार गर्दा–गर्दा थाकिसकेँ, म आइटम नम्बरका रूपमा आफ्नो पहिचान बनाउन चाहन्नँ, तर, हामी कलाकारलाई नै दर्शकले सजिलै आइटम नम्बरको ट्याग लगाइदिन्छन्,’ उनले भनेकी छन् । उनले सन् २००० मा यशराज फिल्म्सको निर्माण र आदित्य चोपडाको निर्देशनमा बनेको फिल्म ‘मोहब्बते’ बाट फिल्मी करियर सुरु गरेकी हुन् ।
‘म एक कलाकारको रूपमा कुनै चुनौतिपूर्ण भूमिकामा काम गर्न चाहन्छु, अब धेरैले विभिन्न किसिमका भूमिका र विषयलाई प्रयोगमा ल्याइरहेका छन्, म सो पिसका रूपमा देखिन फिल्ममा काम गर्न चाहन्नँ,’ उनले भनेकी छन् । (एजेन्सी)

प्रतिक्रिया