मुम्बई । फिल्म ‘जिस्म २’ र ‘रागिनी एमएमएस २’ जस्ता फिल्मबाट बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएकी इन्डो क्यानेडियन पोर्न स्टार तथा अभिनेत्री सन्नी लियोनले बलिउडका ‘ए’ ग्रेडका कलाकारसँग काम गर्ने सपना बनाएकी छन् ।
‘बलिउडमा आउने जोकोहीको सपना उसले हेरेका फिल्मका स्टार कलाकारसँग अभिनय गर्नु हो,’ ३४ वर्षीया सन्नीले भनेकी छन्, ‘बलिउडका लागि अहिले पनि म नयाँ नै हुँ, त्यसकारण म पनि चर्चित अनुहारसँग काम गर्न चाहन्छु, जसले गर्दा मेरो अभिनय क्षमतामा निखार आओस् ।’
भारतीय चर्चित रियालिटी शो ‘बीग बोस’ बाट सन्नी बलिउडमा छिरेकी थिइन् । सन्नी हाल अभिनेता रणविजय सिंहसँग रियालिटी शो ‘एमटिभी स्पिलट्सविला ६’ मा व्यस्त छिन् । (एजेन्सी)
प्रतिक्रिया