काठमाडौं । १५ वर्षदेखि कलाकारिता क्षेत्रमा सक्रिय अभिनेता तथा कार्यक्रम प्रस्तोता सरोज केसीले नेपाल चलचित्र कलाकार संघको आगामी अधिवेशनका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
संघमा तीन वर्षदेखि कार्यकारी सदस्यको रूपमा कार्यरत उनले आगामी दिनमा कलाकारहरूको हकहित र अधिकारका लागि सधँै लागिपर्ने र कलाकार संघलाई संशक्त रूपमा अघि बढाउन पहल गर्ने अठोटका साथ उनले उम्मेदवारी दिन लागेको बताए ।
झापा तोपगाँछीमा जन्मिएका अभिनेता केसीले हालसम्म दर्जन बढी फिल्ममा खलपात्र तथा सहअभिनेताका रूपमा अभिनय गरिसकेका छन् । उनले ‘मायाज बार’, ‘दुलही’, ‘जब जब माया बस्छ’, ‘संसार आफ्नै’, ‘तिम्रो लागि’, ‘हाम्रो माया जुनीजुनीलाई’ लगायतका फिल्ममा अभिनय गरेका छन् ।
सात वर्षअघि फिल्म ‘विजयपथ’ बाट फिल्मी अभिनय सुरु गरेका उनले टेलिफिल्ममा चाहिँ ‘परिचय’ बाट डेब्यु गरेका हुन् । उनले ‘भूमिका’, ‘सन्देश’ र ‘गुठी’ लगायत दर्जन बढी टेलिफिल्ममा अभिनय क्षमता देखाइसकेका छन् । (सौस)
प्रतिक्रिया