सिंहदरबारको टेन्डर कर्मचारीको गोलचक्कर

singha-darabarकाठमाडौं । कुर्सीलाई रातो कपडाले ढाकिएको छ । मञ्चमा सरकार उर्फ सुजन वली आफ्ना दुई सहयोगीका साथ देखा पर्छन् । सामन्ती ढर्राको हाउभाउपूर्ण सरकार प्रमूखलाई दुई सहयोगीले बोकेर कुर्सीमा राख्छन् । उपरखुट्टीमा दुई कर्मचारीलाई सरकारले आफ्नो नयाँ सिंहदरबार अर्थात सपनाको महल बनाउने आफ्नो इच्छा व्यक्त गर्दै हप्तादिनभित्रै काम सुरु गर्न निर्देशन दिन्छन् ।
यो दृश्य हो, लाजिम्पाटस्थित थिएटर भिजेलमा मञ्चन भइरहेको नाटक ‘सिंहदरबारको टेन्डर’को । दिलीप रानाभाटले निर्देशन गरेको नाटकले इमान हराएको समाजको चित्रण गरेको छ । नाटकले देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबारलाई आधार बनाएर समाजको यथार्थ चित्रणलाई उतारेको छ । समाजमा व्याप्त विकृति भ्रष्टचारको चित्रण नाटकका माध्यमबाट देखाएर समाजमा चेतना पैmलाउन सहयोग पुगोस् भनेर नाटक अगाडि बढाइएको निर्देशक रानाभाटले बताए । ‘मैले ताजमहलका टेन्डर पढेको थिए’, निर्देशक रानाभाट भन्छन्, ‘पढ्दादेखि नै नाटक गरौँगरौँ लाग्यो, आपूmले सक्ने भनेको नाटकका माध्यमबाट केही चेतना पैलाउनु हो भन्ने ठानेर गरेको हुँ ।
नाटक थापा नामका एक सरकारी अधिकारीको ढिलासुस्ती, भ्रष्टाचार, चतु-याईमा घेरिएको छ । नाटकमा प्रशासनिक झमेला र राजनीतिक अस्थिरताको आडमा झाँगिएको व्यक्तिगत स्वार्थ र लोभ चित्रित छ । कर्मचारी थापा र अर्का कर्मचारी सागरका कारण हप्तादिन भित्र कामसुरु गर्न दिइएको निर्देशन आठौँ वर्षपछि टेन्डर नोटिस निस्कने कुरा नाटकमा प्रस्तुत छ ।
सरकारी कर्मचारी थापाले नाटकमै आफ्नो घर ठह-याउँछन्, अर्को वर्ष ६ तलाको पाँच तारे होटलसमेत बनाउँछन् । यता, सरकारको सपनाको महल देख्ने सपना बोकेका सरकार भने कोमामा पुग्छन् । यस्तै दृश्य छ यो नाटकमा । जेठ २९ देखि मञ्चन भइरहेको नाटक २२ असारसम्म चल्नेछ । (सौस)

प्रतिक्रिया