दीपकको अभियानमा सेलिब्रेटीको साथ

Deepakकाठमाडौं । आर्थिक अभावका कारण उपचार पाउन नसकेका अशक्त तथा विपन्न परिवारका व्यक्तिहरूको स्वास्थोपचारमा सहयोग गर्न युवा दीपक सिलवालले अभियान सुरु गरेका छन् । राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सेलिब्रेटी तथा समाजसेवीले उनको अभियानमा सहयोगको प्रतिबद्धता जनाएका छन् ।
घर आँगन नेपाल नामक सामाजिक संस्थाका अध्यक्षसमेत रहेका सिलवालले सुरु गरेको अभियानलाई सहयोग गर्न अस्ट्रेलियामा बस्दै आएका इञ्जिनियर तथा न्यु वेस्ट वेल्स स्टेटका काउन्सिलर गभर्नर दीपक खड्काले मासिक ५० हजारका दरले पाँच वर्षका लागि सहयोग गर्न चेक हस्तान्तरण गरे । ‘नगदबाहेक अन्य सहयोग गर्न पनि म तयार छु, त्यसकारण पनि सामाजिक क्षेत्रमा काम गर्ने दीपकजस्ता युवाको अभियानमा सबैले साथ दिनुपर्दछ ।’ दीपकले भने ।
त्यस्तै चर्चित गीतकार तथा ओम अस्पताल प्रमुख डा. भोला रिजालले दीपकले आँटेको कामलाई सबैजनाले खुलेर सहयोग गर्नुपर्ने बताए । ‘काम गर्ने मान्छेलाई असम्भव भन्ने कुरा कहिल्यै पनि आउँदैन, त्यसकारणले स्वच्छ मनले दीपकले सुरु गरेको अभियानमा जस्तोसुकै सहयोग गर्न म तयार छु ।’ डा. रिजालले भने । उनले घरआँगन नेपालका लागि आफ्नो तर्पmबाट वार्षिक रूपमा २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आर्थिकबाहेकका अन्य सहयोग पनि जारि राख्ने घोषणा गरे ।
पूर्वसेनापति तथा पुस्तक लेखक रुक्मांगत कटुवालले दीपकले अठोटका साथ सुरु गरेको अभियानमा सबैको सहयोग आवश्यक रहेको आँैल्याए । ‘उनको अभियानमा सबै नेपालीले साथ दिनुपर्छ ।’ उनले भने । इमेज ग्रुप अफ इन्डस्ट्रिजका उपाध्यक्ष इन्दिरा मानन्धरले दीपकको अभियान सुनेर आपूm हर्षित बनेको जनाउँदै आपूmले स्वास्थ्य क्षेत्रबाट कस्तो किसिमको सहयोग गर्नुपर्ने हो त्यो गर्न तयार रहेको बताइन् ।
अभिनेत्री दीपाश्री निरौलाले प्रेम गर्ने उमेरमा एउटा युवाले समाजलाई हेरेर गरेको काम आपैmँमा प्रशंसनीय रहेको खुलाउँदै उनको लागि कला क्षेत्रबाट सक्दो सहयोग गर्ने जनाइन् । तीन वर्षअघि संस्था स्थापना गरेका दीपकले आफ्नो अभियानका लागि १० कठ्ठा बेच्ने तयारी गरिरहेको खुलाए । ‘मैले आफ्नो पैतृक सम्पत्ति बेचेर यो संस्था स्थापना गरेको हो, अहिलेसम्म सबै काम आफ्नै किसिमले गरिरहेकोछु,’ संस्थामा १५ जना अनाथ, अशक्त तथा दृष्टिविहीन बालबालिकालाई आश्रय दिइरहेका दीपकले भने, ‘अहिले भूकम्पका कारण पनि धेरै मानिस उपचार नपाएर अलपत्र परेका छन्, उनीहरूका लागि सहयोग गर्न सक्छौँ भनेर अभियान सुरु गरेको हुँ ।’
दीपकका नजिकका साथी सञ्चारकर्मी नरेश भट्टराईले अभियानमा अभिनेता राजेश हमाल, भूवन केसी, निखिल उप्रेती, गायक रामकृष्ण ढकाललगायतका सेलिब्रेटीले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पत्रकार सम्मेलनमा भने उनीहरू देखिएनन् । दीपकका मामा भवानी ओलीले पनि दुई लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
दीपकका अनुसार अभियानमा सहयोग गर्न चाहनेहरूले संस्थाको नाममा रहेको एनआइसी एसिया बैंक थापाथली शाखामा रहेको खाता नम्बर ५४४१३३१०२६५२४००१ र विदेशबाट सहयोग गर्न चाहनेहरूका लागि स्विफ्ट कोड एनआइसिइपिकेएमा रकम जम्मा गर्न सक्नेछन् । (सौस)

प्रतिक्रिया