नेप्से र सेयर कारोबार स्थिरतातर्फ

nepse-chartकाठमाडौं, २० असार । नेप्से परिसूचक र सेयर कारोबार स्थिरतातर्पm गएको छ । चालु आव सकिन १० दिन जति मात्रै बाँकी रहेको अवस्थामा लगनीकर्तालाई क्लोजिङले पनि प्रभाव पारेको छ । योसँगै राजनीतिक अवस्था कता जान्छ भनेर लगानीकर्ताहरू वाच डगको अवस्थामा रहेकोेले पनि केही समय सेयर कारोबार स्थिरतातर्पm नै रहने आँकलन विज्ञहरूले गरेका छन् । सरकार अहिले बजेट अधिवेशनमा रहेकोले पनि लागनीकर्ताहरू कस्तो बजेट आउँछ भनेर पर्खिएको अवस्था छ । त्यसैले पनि असार महिनाभर सेयरमा खासै सुधार आउन सक्ने अवस्था देखिँदैन ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलव ९६ अंकले बढेर अन्तिम दिन नौ सय ३८ दशमलव ९६ अंकमा पुगेको छ । गत साता स्टक एक्सचेन्जमा एक सय ६६ कम्पनीको कारोबार भएको छ । जसमा नौ हजार चार सय ६९ कारोबारबाट एक अर्ब ५९ करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरका ३१ लाख १५ हजार एक सय ९० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा ५० दशमलव ४६ प्रतिशत बढी हो । गत साता एक सय ७० कम्पनीको कारोबार भएको थियो । जसमा सात हजार चार सय ३५ कारोबारबाट एक अर्ब पाँच करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरका २७ लाख ७५ हजार नौ सय १० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा शून्य दशमलव ४४ अंकले घटेर एक सय ९९ दशमलव ७८ अंकमा पुगेको छ । गत साता कारोबार रकमतर्पm १६ करोड ६४ लाख ८० हजार रुपैयाँको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या दुई लाख ३६ हजार कित्ताको आधारमा सिद्धार्थ इक्विटी ओरिएनटेड स्किम–१ अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्या ६ सय २६ वटाको आधारमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक अग्रस्थानमा रहेको छ ।
साताको उत्कृष्ठ पाँच कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, लाइफ इन्स्योरेन्स कम्पनी, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र चिलिमे हाइड्रोपावर कम्पनी रहेका छन् ।

प्रतिक्रिया