विराटनगर, १९ असार । मोरङ र सुनसरीमा करेन्ट लागेर शुक्रबार बेलुकी दुई जनाको मृत्यु भएको छ ।
मोरङको डग्राहा–५ बस्ने ३५ वर्षीया इसरादेवी सरदार र सुनसरीको रामधुनी–भासी नगरपालिका–३ बस्ने ६२ वर्षीय गजेन्द्र राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
विद्युतीय तारमा सुकाएको कपडा उठाउने क्रममा साँझ साढे ७ बजे सरदारको र बेलुकी ८ बजे पानी तान्ने मोटर चलाउने क्रममा राईलाई करेन्ट लागेको थियो ।
दुवै जनालाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
प्रतिक्रिया