चुम्बनले खुल्यो प्रेम सम्बन्ध

Mirandaसिड्नी । अस्ट्रेलियाली सुपर मोडल मिरान्डा केर एक अर्बप्रतिको प्रेम रोमान्समा रहेको खुलासा भएको छ । हालै सिड्नीको एक रेस्टुरेन्टमा विश्वकै कान्छा अर्बपतिको सूचीमा परेका इवान स्पीगेलसँग चुम्बन गरिरहेकी अवस्थामा भेटिएपछि केरको सम्बन्ध इवानसँग रहेको रहस्य खुलेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीहरू दुवै रेस्टुरेन्टबारे बसेर एकापसलाई हेराहेर गर्दै लामो समय बिताउँछन् । पत्रिका ‘फोब्र्स’ले इवानलाई विश्वकै सबैभन्दा कम उमेरका अर्बपति रहेको घोषणा गरेको छ ।
मोबाइल एप्सका सञ्चालकसमेत रहेका इवानको एप्सबाट मोबाइल उपभोक्ताले सन्देश तथा भिडियो क्लिप एकापसलाई पठाउने गर्छन् । उनीहरूले भिडियो तथा सन्देश हेरेर वा पढेर त्यसलाई फोनबाट हटाउन पनि सक्छन् । (एजेन्सी)

प्रतिक्रिया