काठमाडौं । आगामी साउन १५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘छेस्को’ ले आफ्नो प्रदर्शन मिति स्थगित गरेको छ । फिल्मले नयाँ मिति सार्वजनिक गरेको छैन । नेपालसँगै विदेशमा एकैपटक रिलिज गर्ने भएकाले हाललाई प्रदर्शन रोकिएको निर्माण पक्षले जनाएको छ ।
एआर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको पोस्ट प्रोडक्सन कार्य अन्तिम चरणमा पुगेको छ । सुरेश थापा निर्देशित फिल्ममा दुर्गा विस्टको लगानी छ । राजन कार्की, रविन वैद्य, अन्जित खड्का र सृष्टि सेन्चुरीलगायतले अभिनय गरेको फिल्ममा शिवम पोख्रेलको नृत्य र गणेश श्रेष्ठको छायांकन छ । (सौस)
प्रतिक्रिया