पढ्नका लागि दैनिक चार घण्टा पैदल

महेन्द्रनगर, १८ असार । बैतडीको कैलापाल गाविस–८ र ९ गेरडा, डैसिलीका बालबालिका गाउँमा विद्यालय नभएपछि पढ्नका लागि दैनिक चार घण्टा पैदल बाटो हिड्न बाध्य बनेका छन् ।

जिल्लाको दुर्गम क्षेत्र मानिने गेरडा डैसिली गाउँमा विद्यालय नभएपछि बालबालिकाले पढ्नका लागि निकै सास्ती भोग्नुपरेको छ ।

गाउँका अधिकांश बालबालिका पाटन नगरपालिकामा पर्ने शिद्धेश्वर उमावि मेलचोरामा पढ्न जाने गर्दछन् । विद्यालय पुग्न बालबालिका दैनिक बिहान ५ बजे नै घरबाट हिड्नुपर्ने हुन्छ ।

गाँउमा विद्यालय स्थापनाका लागि पहल गर्दासमेत विद्यालय सञ्चालन हुन नसकेको गुनासो स्थानीय तेज बोहराको भनाइ छ ।

वर्षा सुरु भएपछि स्थानीय खोलामा बाढी आउने डरले आकाशमा बादल देखिएको दिन विद्यार्थीहरूले घरमै बस्नुपर्ने बाध्यता रहेको स्थानीय शिक्षक तिलक भण्डारीले बताए ।

प्रतिक्रिया