रुही फेमिनाको कभर गर्ल

Ruhiमुम्बई । प्रदर्शनका लागि तयारीमा रहेको बलिउड फिल्म ‘क्यालेन्डर गर्लस’की अभिनेत्री तथा ‘मिस युनिभर्सल पिस एन्ड ह्युमेनटी’ बनेकी रुही सिंह तस्बिर म्यागाजिन ‘फेमिना इन्डिया’को मनसुन स्पेसल अंकमा कभर गर्लका रूपमा पाठकमाझ आउने भएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पत्रिकाको इन्स्टाग्राम पेजमा पत्रिकाको ताजा अंकको आवरण पृष्ठ पोस्ट गरिएको छ, जसमा रुहीको तस्बिर हेर्न पाइन्छ । ‘उनी हुन् हाम्रो कभर गर्ल युनिवर्सल पिस एन्ड ह्युमेनिटी रुही सिंह, जसले बलिउडका फिल्ममा पनि पाइला चालेकी छन् ।’ पोस्टमा लेखिएको छ ।
रुहीले गत वर्ष लेबनानमा आयोजित ‘मिस युनिभर्सल एन्ड ह्युमेनिटी कम्पिटिसन’मा १ सय ४५ देशका सुन्दरीलाई पछि पार्दै शीर्ष उपाधि चुमेकी थिइन् । रुही सन् २०११ म ‘फेमिना मिस इन्डिया इस्ट’को उपविजेता र २०१२ को ‘मिस इन्डिया’मा अन्तिम चरणमा प्रवेश गरेकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया