घर छाड्दै सोनम

Soonamमुम्बई । बलिउडमा आजकल युवा उमेरका कलाकारले आफ्नो घरलाई छोड्ने चलनलाई निरन्तरता दिइरहेका छन् । अभिनेत्रा आलिया भट्ट, रणवीर कपुरपछि अब सोनम कपुर पनि परिवारका साथ नबस्ने भएकी छन् । उनी आफैँले बनाएको नयाँ घरमा सर्ने योजनामा छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोनमले हालै वान्द्रामा एक नयाँ घर किनेकी छन् । ३५ करोड रुपैयाँको लागतमा खरिद गरिएको घर ७ हजार स्क्वायर फिटमा रहेको छ । जुन क्षेत्रमा दुई घर हुनेछन् । सोनम हाल परिवारका साथ जुहुमा बस्दै आएकी छन् ।
घरको इन्टेरियर डिजाइनिङको काम सकिएपछि सोनम त्यहाँ सर्नेछिन् । उनकी अन्टी कविता सिंहले इन्टेरियरट डिजाइनिङको काम गर्नेछिन्, जो आफँैमा कुशल डिजाइनर पनि हुन् । (एजेन्सी)

प्रतिक्रिया