कृषिका लागि साप्ताहिक कार्यक्रम

काठमाडौं । कृषि क्षेत्रतर्फ भावी पूस्ता, विद्यार्थी तथा सम्पूर्ण नेपालीलाई उत्पेरित गर्ने उद्देश्यले मिसन टुरिजमले मासिक पत्रिकाले बिहीबार खेत रोपाइँको कार्यक्रम आयोजना ग¥यो । कृषि प्रधान देशको रूपमा परिचित नेपालमा कृषि क्षेत्रतर्फबाट नेपालीलाई ओझेल पर्नबाट कम गर्न कृषिमूलक कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
कृषि पर्यटनलाई समेत विकास गर्ने उद्देश्यले मिसन टुरिजमले शिक्षक, पत्रकार, विद्यार्थी कृषि पर्यटनकर्मीलाई सहभागी गराएको थियो । कार्यक्रमा शारदा माविका अध्यक्ष दिनेश काजी थापा, शिक्षक, रग्वी खेलाडी सुनिल मल्ल ठकुरी, दुईपटक सगरमाथमा आरोही पिके शेर्पा र उपस्थित व्यक्तिहरुले चुनिखेलमा खेत रोपेका थिए ।
राजधानी क्षेत्रका बासिन्दालाई कृषि क्षेत्रतर्फ आकर्षण गराउनका लागि यस्ता खालको कार्यक्रम गरिएको दिनेश थापाले जानकारी दिए । उनले अर्कोपटक शारदा माविका विद्यार्थीलाई प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले सहभागी गराइनेसमेत बताए ।
बुधबार नेपालमा राष्ट्रिय धान दिवससमेत मनाइएको थियो । धान रोपाइँ कार्यक्रम एक सातासम्म गरिनेसमेत आयोजकले जनाएको छ । जसमा चरणबद्ध तरिकाले विद्यार्थी, व्यापारी, शिक्षक र राजनीतिज्ञलगायत विभिन्न पेसाका मानिसलाई सहभागी गराइनेसमेत आयोजकले जानाएको छ । (सौस)

प्रतिक्रिया