घूस लिने नासु रंगेहात पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराबाट आएको टोलीले यातायात व्यवस्था कार्यालय बुटवलका नायब सुब्बा यादव केसी खड्कालाई घुस लिँदालिँदै पक्राउ गरेको छ । लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालयका नासु खडकालाई बिहीबार पक्राउ गरिएको हो । ५५ वर्षीय खड्का बुड्डी गाविस–४, कपिलवस्तुका हुन् ।

सवारी चालक अनुमति पत्रको प्रतिलिपि बनाउन सेवाग्राहीबाट ६ हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालय बुटवलका डिएसपी सुदन सिंह बस्नेतले जानकारी दिए । (सौस)

प्रतिक्रिया